दफा १०
उत्पादनको प्रमाणीकरण
(१) उत्पादक वा वितरकले दूधदानी र मुन्टो बाहेक अन्य कुनै उत्पादन नेपालमा बिक्री गरिनु अघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई प्रमाणीकरण लिनु पर्नेछ ।
(२) नेपालमा बिक्रीमा ल्याई सकेको उत्पादनको हकमा यो ऐन प्रारम्भ भएको मितिले नब्बे दिन भित्र उत्पादक वा वितरकले केन्द्रीय खाद्य अनुसन्धानशालाबाट प्रमाणीकरण लिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) को प्रयोजनको लागि उत्पादक वा वितरकले उत्पादनको नमूना र आवश्यक दस्तुर सहित तोकिएको ढाँचामा केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिनु पर्नेछ ।